नेपालका अन्तर्राष्ट्रिय फेमका आँखाका शल्य चिकित्सक सन्दुक रुइत डेंगीको संक्रमणमा परेका छन् ।
पारिवकारिक सूत्रका नुसार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तर, उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन ।
रमन म्याग्सेसे पुरस्कार बिजेता सन्दूकले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन् । हाल तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनी सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति 'रुइतेक्टोमी'का सुरुवातकर्ता हुन् ।
नेपालमा केही समययता डेंगीले महामारीकै रूप लिइसकेको छ । वैशाखयता ४८ जिल्लामा फैलिएको डेंगीले ५ हजारभन्दा बढीलाई संक्रमित गरिसकेको छ ।
केही दिनअघि मात्र नेपालका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल पनि डेंगीको संक्रमणमा परेर ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।