पछिल्लो समय उत्कृष्ट लयमा रहेका अस्ट्रेलियाका स्टीव स्मिथले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएका छन्।
एक वर्षको प्रतिबन्ध पछि एसेज सिरिजमा कमब्याक गरेको स्मिथले अष्ट्रेलियाका लागि २ सय ११ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरे। १ सय १८ ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि उनले ३ सय १९ बलमा २४ चौका र २ छक्का प्रहार गरे। स्मिथले ३ सय १० बलमा दोहोरो शतक पुरा गरेका थिए। यो स्मिथको तेस्रो दोहोरो शतक हो।
यसअघि सन् २०१५ मा इंग्ल्यान्डविरुद्ध २ सय १५ रन जोडेका थिए । त्यस्तै सन् २०१७ मा इग्ल्यान्डविरुद्ध २ सय ३९ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरेका थिए । जुन स्मिथको टेष्ट करिअरको उच्च प्रर्दशन समेत हो ।
टेष्ट करियरमा २६औं शतक पुरा गरेका स्मिथ टेस्ट क्रिकेटमा डन ब्रेडम्यान पछि सबैभन्दा चाँडो २६ शतक बनाउने व्याट्सम्यान पनि बने।
स्मिथले २६ शतक बनाउन १२१ पारि खेल्नु परेको हो। ब्रेडम्यानले ६९ पारिमै २६ शतक बनाएर कीर्तिमान बनाएका थिए। यस्तै स्मिथले भारतीय महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई पनि २६ टेस्ट शतक बनाउने कीर्तिमानमा पछि पारेका छन् । सचिनले १३६ पारिमा २६ शतक बनाएका थिए।
हालै सार्वजनिक भएको टेस्ट ब्याट्सम्यानको शीर्ष वरियतामा उक्लिएका स्मिथले यो एसेजमा खेलेका ३ टेस्ट म्याचको चार पारिमा तीन शतक बनाएका छन्।
गत वर्ष स्मिथ बल टेम्परिङ प्रकरणमा मुछिएपछि १ वर्ष प्रतिबन्धमा परेका थिए। उनी यही एसेज सिरिजबाट टिममा आएका हुन्।
पहिलो टेस्टका दुवै पारिमा शतक बनाएमा स्मिथ दोस्रो टेस्टमा घाइते भएपछि उनको ठाउँमा खेलाडी नै रिप्लेस गरिएको थियो। ८० रन बनाउँदा घाइते भएका उनी त्यसपछि क्रिजमा आएपछि थप १२ रन जोड्दै ९२ रनमा आउट भएका थिए।
तेस्रो टेस्ट भने स्मिथले गुमाएका थिए। त्यसपछि स्मिथ चौथो टेस्टमा कमब्याक भएका हुन्। उनले चौथो टेस्टमा उनले दोहोरो शतक बनाएका हुन्।
यो सँगै पूर्वकप्तान स्टिभ स्मिथको उत्कृष्ट दोहोरो शतकमा एशेज सिरिजको चौथो टेस्ट अन्तर्गत दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले ४ सय ७४ रनको अग्रता लिएको छ ।
अष्ट्रेलियाले पहिलो इनिङमा १ सय २६ ओभरमा ४९७-८ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो। यता पहिलो इनिङ थालेको इंग्ल्यान्डले १० ओभरमा २३ रन जोड्न १ विकेट गुमाएको अवस्थामा दोस्रो दिन सकिएको छ। जो डेनली ४ रनमा आउट हुँदा रोरी ब्रुन्स १५ र क्रेग ओभरटन ३ रनमा अविजित छन्।
यसअघि ओपनर डेविड वार्नरलाई शून्यमा गुमाएको अष्ट्रेलियाले मार्कुस हरिस १३ रनमा आउट हुँदा मार्नुस लाबुसेन १ सय २८ बलमा १० चौका प्रहार गर्दै ६७ रनमा आउट भए ।
कप्तान टिम पेन ५८, ट्राभिस हेड १९,मेथ्यु वेड १६ रनमा आउट भए। तल्लोक्रममा मिचेल स्टार्कले ५८ बलमा ७ चौका र २ छक्का सहित ५४ तथा नाथन लायन २६ रनमा अविजित रहे।
इंग्ल्यान्डका लागि स्टुअर्ट बोर्डले ३,ज्याक लेच र क्रेग ओभरटनले समान २-२ विकेट लिए।