काठमाडौं । एसिया विविधता भएको आश्चर्यजनक स्थान हो । पर्यटकहरुको नजरमा रोमान्स, इतिहास र सुन्दरताका हिसाबले यो क्षेत्र मिश्रित पाइन्छ । यहाँ सीएनएनले तयार पारेको एसियाका १३ वटा चर्चित सहरको सूचीका बारेमा उल्लेख गरिएको छ ।
हनोइ– भियतनाम
हनोइ पुरानो सहर हो । यसलाई युनेस्कोले सम्पदा सूचीमा पनि पारेको छ । भियतनामको केन्द्रीय भागमा रहेको हनोइ फोटोग्राफरहरुको लागि स्वर्ग बराबर छ । विभिन्न खानेकुरा र कलाका प्रेमीहरुका लागि पनि यो स्थान रमाइलो छ । युनेस्कोले यो स्थानलाई १९९९मा आफ्नो सम्पदा सूचीमा राखेको हो । यो पहिलाको फ्रेन्च कोलोनी हो ।
१७ औं शताब्दीदेखि नै यो स्थान व्यापारको केन्द्र मानिन्छ । यो स्थान साँगुरो गल्ली सहितको पुरानो सहर हो । त्यहाँ रहेको बेलामा पपुलर खाद्यान्न बान्ह मि फुओङ खाना नबिर्सौँ । यसैगरी राइस रोल, ह्वाइट रोज डम्पिलङ, फ्रेस सी फुड पनि ख्याति प्राप्त छन् ।
युफिन– जापान
यो जापनाको ओइटामा रहेको एउटा सानो सहर हो । यो क्युशु आइल्यान्डको दक्षिण पश्चिम भागमा पर्दछ । शान्त वातावरणका लागि यो सहर चर्चित छ । हट स्प्रिङ बाथ, टाइलका छाना भएका जापानी घर, प्राकृतिक दृश्य, माउन्ट युफु जस्ता कुरा यहाँ हेर्न सकिन्छ ।
वसन्त ऋतुमा चेरी फुलेको मनमोहक दृश्य देख्न पाइन्छ । यहाँ चिज कारखाना पनि लोकप्रिय छन् । यसैगरी कला अनुरागीका लागि यो सानो सहर मा २० वटा भन्दा बढी ग्यालरीहरु छन् ।
जर्ज टाउन– मलेशिया
मलेशियाको सहर पेनाङको राजधानी मानिने जर्ज टाउन संस्कृतिका हिसाबले निकै धनी छ । युनेस्कोेले यो क्षेत्रलाई सम्पदा सूचीमा राखेको छ । यहाँ बहुसांस्कृतिक प्रभाव रहेको मानिन्छ । यो स्थानको मलक्का स्ट्रेट व्यापारिक हबको रुपमा पनि चिनिन्छ । यहाँका सम्पदाहरु ५०० वर्ष पुराना छन् । यो क्षेत्रमा मलाया, चिनियाँ, भारतीय र युरोपियन संस्कृतिको संगम पाइन्छ ।
भिगन सहर– फिलिपिन्स
भिगन सहर सन् १५७२ मा स्पेनिसद्वारा स्थापना गरेको मानिन्छ । यो क्षेत्रमा स्पेनिश कोलोनियल अवधीको कला पाइन्छ । यो सहर अहिले युनेस्कोको सम्पदा सूचीमा छ । यस स्थानमा सुन्दर बारोक्यु संरचना १६४१मा बनाएको मानिन्छ ।