भारतले दक्षिण अफ्रिकाविरूद्ध हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ।
घरेलु मैदानमा खेल्ने सिरिजका लागि भारतीय टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अटाएनन्।
यसअघि भारतले वेस्ट इन्डिजसँगको तीन टि२० र वान डे सिरिजमा पनि धोनी टोली बाहिरै थिए।
अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गर्दा टोलीमा तीव्र गतिका बलर भुवनेश्वर कुमार छैनन्।
भारतले दक्षिण अफ्रिकासँग पहिलो टि२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।
सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बैंग्लोरमा खेल्ने छ।
दक्षिण अफ्रिकासँग खेल्ने भारतको टी २० टोली :
विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा,क्रुनाल पान्ड्या, वासिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी