घरेलु मैदानमा म्यानचेस्टर युनाईटेड पराजित

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइनेटड क्रिष्टल प्यालेससँग पराजित भएको छ।

म्यानचेस्टर घरेलु मैदान वर्ल्ड टाफोर्डमा शनिबार राति भएको खेलमा युनाईटेड क्रिष्टल प्यालेससँग २–१ गोलले पराजित भयो। यो सँगै म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानमा पुग्ने मौका गुमायो।

पहिलो हाफको ३२ औं मिनेटमा क्रिष्टल प्यालेसका जोर्डन अवीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

युनाईटेडका लागि ७० औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टी मिस गरे पछि बराबरी गर्ने मौका गुमाएका थियो।

गत हप्ता पौल पोग्बाले पेनाल्टी मिस गरेपछि यस पटक रासफोर्डलाई पेनाल्टी प्रहार गर्न दिइएको थियो। यस पटक रासफोर्ड पनि असफल भएका थिए।

तर ८९ औं मिनेटमा जेम्सले गोल गर्दै खेलमा  १-० ले पछाडि रहेको युनाइटेडलाई बराबरीमा ल्याएका थिए।

खेलको इन्ज्योरी समयमा क्रिष्टलका पेट्रक भान एनहोल्टले गोल गर्दै टिमलाई २–१ गोल अन्तरमा जित दिलाए।

तेस्रो चरणको खेलबाट म्यानचेस्टर युनाईटेडले ४ अंक बनाएको छ भने क्रिष्टलको पनि समान चार अंक नै पुगेको छ।

प्रकाशित मिति: : 2019-08-25 07:26:39

प्रतिकृया दिनुहोस्