वेस्टइन्डिज भ्रमणमा रहेको भारतले घरेलु टोलीबिरूद्ध पहिलो जित निकालेको छ। प्रतियोगिता अन्तर्गत पहिलो टि-२० मा भारतले घरेलु टिमलाई ४ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो।
खेलमा पहिले ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको ९६ रनको सामान्य लक्ष्य भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
कमजोर सुरूवात गरेको भारतका लागि ओपनर रोहित शर्माले २४, शिखर धवन १ तथा रिशाभ पन्त खाता नखोली आउट हुँदा भारत ३२/३ को अवस्थामा पुगेको थियो।
त्यसपछि कप्तान बिराट कोहली र मनिष पाण्डेले चौथो विकेटको लागि ३२ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्यए।पाण्डे र कोहली दुवै समान १९ रन बनाएर आउट हुँदा १४ औं ओभरमा भारत ६९/५ को अवस्थामा पुगेको थियो।
यो पनि पढ्नुस्
फ्रान्सका एउटा सालिक, जसको प्रजनन अंग मुसारेर आमा बन्ने सपना देख्ने लाखौं फ्रेन्च महिलाहरू
सुनिल नारायणले रोहित र रिशभको तथा शेल्डन कटरेलले धवन र कोहलीको विकेट लिए।
त्यसपछि कृनाल पान्ड्याले १२, रभिन्द्र जडेजाले अविजित १० तथा वासिंगटन सुन्दरले अविजित ८ रन बनाउदै भारतलाई जितसम्म पुर्याए।
वेस्टइन्डिजका लागि केमो पौल,सुनिल नारायण र शेल्डन कटरेलले समान २/२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो।
उसको लागि काइरन पोलार्डले सर्वाधिक ४९ रन बनाए ४९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।
निकोलस पुरनले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एक समय ३३ रनमा ५ विकेट गुमाएको वेस्ट इन्डिजलाई पोलार्डले अन्तिमसम्म ब्याटिंग गर्दै सम्मानजनक स्थितिमा पुर्याएका थिए।
भारतका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका नभदिप सैनीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चिएर ३ विकेट लिएका थिए।
यस्तै भुवनेश्वर कुमारले २ तथा वासिंगटन सुन्दर, खलिल एहमद, क्रुनाल पान्ड्या र रभिन्द्र जडेजाले १/१ विकेट लिएका थिए।
अब दोस्रो खेल आइतबार हुनेछ।