टोरन्टो । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेट २०१९ मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्।
टोरन्टो नेसनल्सबाट खेलिरहेका सन्दीपले ब्राम्पटन वुल्भ्सविरूद्ध यो सिजनको पहिलो खेल खेल्दै विकेटसमेत लिन सफल भएका हुन्।
सिएए क्रिकेट मैदानमा सन्दीपले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा पहिलो विकेट लिएका हुन्। सन्दीपले दोस्रो ओभरमा ३ रन खर्चेर विकेट लिएका हुन्।
Blazing start for @BramptonWolves thanks to some clean hitting from @GeorgeMunsey and @manuz05
— GT20 Canada (@GT20Canada) August 3, 2019
They are 88/2 after 8 overs
Good second over from @IamSandeep25 - when he picked up a wicket and conceded only 3 runs@TorontoNational #GT2019#BWvsTN pic.twitter.com/3piaEuNu5j
सन्दीपले २८ रन बनाएर खेलिरहेका ब्राम्पटनका कप्तान कोलिन मुनरोलाई क्याच आउट गराएका हुन्।
पहिलो ओभरमा २४ रन खर्चिएका थिए। जर्ज मुन्सेले सन्दीपको पहिलो, तेस्रो र चौथो बलमा चौका प्रहार गरे। जर्जले पाँचौ र छैठौं बलमा लगातार २ छक्का प्रहार गरेपछि सन्दीपले पहिलो ओभरमै २४ रन खर्चिएका थिए।
उनले दोस्रो ओभरमा उत्कृष्ट कमब्याक गर्दै विकेट लिन सफल भएका हुन्।
यस्तै तेस्रो ओभरमा सन्दीपले १ चौकासहित ७ रन खर्चिए। चौथो तथा उनको व्यक्तिगत अन्तिम ओभरमा २ चौकासहित उनले १० रन खर्चिए।
समग्रमा ४ ओभर बल ङ गरेका लामिछानेले २ छक्का ६ चौकासहित ४४ रन खर्चिए। उनले १० बल डट फालेका थिए।
ब्राम्पटन ३ मा जित ३ मानै जित निकाल्दै शीर्ष स्थानमा छ । यता सन्दीप सम्मिलित नेशनल भने ३ खेलमा २ मा हार १ मा जित सहित पाँचौ स्थानमा हरेको छ।