योगेश भट्टराई नेपालको पर्यटनमन्त्री भएको जगजाहेर भैसक्यो । तर, अझै पनि नेपालकै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने थाहा पाउन सकेको छैन । नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेभसाइट हेर्यो भने मन्त्रीको सूचीमा योगेश भट्टराई नाम गरेको मन्त्री कतै भेटिदैन ।
यसले देखाउँछ नेपालमा कुनै पनि काम कति काइदाले हुन्छ र त्यसको अद्यावधिक अभिलेख राखिन्छ ।
योसँगै मर्यादाक्रमको प्रश्न पनि उठ्न सक्छ । तत्कालिन एमालेका सचिव रहेका योगेश वर्तमान पार्टी स्थायी समितिका सदस्य हुन् । उनीसँगै पार्टी सचिव रहेका प्रदीपकुमार ज्ञवाली पाँचौस्थानमा छन् । यसरी हेर्दा उनको वरियता छैटौं नम्बरमा हुने देखिन्छ ।
हेर्नुहाेस् अाधिकारिक वेभसाइट
नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेभसाइट हेर्दा मन्त्रीको सूचीमा योगेश भट्टराई नाम गरेको मन्त्री कतै भेटिदैन ।
तर, उनी पहिलोपटक मन्त्री बनेका कनिष्ठ मन्त्री हुन् । यो हिसाबले उनी २२औं नम्बरमा पर्छन् । यो वरियता शायद उनलाई मञ्जुर छैन र प्रधानमन्त्री के पी ओली पनि उनलाई त्यहाँ राख्न चाहदैनन् । चर, उनलाई कहाँ राख्ने त ? पार्टीको वरियताक्रममा राख्ने कि मन्त्री भएको समयको हिसाबले राख्ने ?
शायद यही कारणले पनि उनी मन्त्री भएको उनलाई मन्त्री बनाउने प्रधानमन्त्री कार्यालयलाई पनि थाहा छैन ।
उनी मन्त्री पनि सजिलै भएका हैनन् । 'योगेशलाई चुनाव जिताए मन्त्री बनाउँछु' भनेर ताप्लेजुङमै पुगेर भाषण गरेका पार्टी अध्यक्ष तथा ओलीलाई आफ्नो वचन पूरा गर्न पहिलो रोजाइका पर्यटनमम्त्री रवीन्द्र अधिकारीले दुर्घटनामा परेर ज्यान गुमाउनु पर्यो भने ओलीले सातौपटक मन्त्रिपरिषदको पुनर्गठन गर्नुपर्यो ।
एमालेदेखि नै ओलीका स्थायी प्रतिपक्षी रहेदै आएका योगेश त्वम शरणम् भएर मन्त्री भएका हुन् कि कामका लागि मन्त्री भएका हुन् त्यो भने समयले नै बताउँछ ।