एजेन्सी– रियल म्याड्रिडलाई हराउँदै टोटेनह्याम आउदी कपको फाइनलमा पुगेको छ।
जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल म्याड्रिडलाई १–० ले स्तब्ध बनाउँदै टोटेनह्याम उपाधि नजिक पुगेको हो।
खेलको २२ औं मिनेटमा कप्तान हेरी केनले गरेको गोल नै निर्णायक साबित भयो।
पहिलो हाफमै रियलले खेललाई बराबरीमा ल्याउने केही राम्रा मौका गुमाएको थियो।
त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन सकेन र खेल १-० ले टोटनह्यामले जित्यो।