भ्रष्टाचारका कारण विकासले गति लिएनः काङ्ग्रेस नेता भण्डारी

Agency

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण मुलुकको विकासले गति लिन नसकेको बताए। 

रिपोर्टर्स क्लब नेपालले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भ्रष्टाचार नियन्त्रण भए मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे। ‘काङ्ग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेका छन्। नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन्’, उनले भने।

नेता भण्डारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचनमा विजयी भएमात्रै सभापतिको कार्यकाल लम्ब्याउन र पराजित भए छाड्न सुझाव दिए। रासस

प्रकाशित मिति: : 2019-07-29 14:29:12

प्रतिकृया दिनुहोस्