सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाल र सिंगापुर खेलिरहेका छन्।
इन्डियन एसोशिएसन मैदानमा टस जितेर घरेलु टोली सिंगापुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै मैदान उतारेको छ।
आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ।
सिंगापुर ३ खेलमा २ मा जित सहित ५ अंक जोड्दै शीर्ष स्थानमा छ । वर्षाको कारण कुवेतसँग सिंगापुरले अंक बाडेंको थियो । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
- पहिलो ओभरमा सोमपालमा १ रन मात्र दिए।
- दोस्रो ओभरमा करन केसीले २ चौकासहित १० रन खर्चिएर १ विकेट लिए। सिंगापुरका ओपनर चन्द्रमोहन दोस्रो ओभरको तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए। उनले ७ बल खेलेर २ चौकासहित ८ रन बनाए।
- तेस्रो ओभरमा सोमपालले मात्र ३ रन खर्चिए।
- चौथो ओभरमा करनले १ चौकासहित ६ रन खर्चिए। * सिंगापुर ४ ओभरमा १ विकेट गुमाएर २० रनमा खेल्दै।
- पाँचौ ओभरम सन्दीप लामिछाने आएका छन्। उनले एक वाइड एक चौका एक छक्कासहित १४ रन खर्चिएका छन्। * सिंगापुर ५ ओभरमा १ विकेट गुमाउँदै ३४ रनमा खेलिरहेको छ।
- छैठौं ओभरमा बसन्त रेग्मी आएका छन्। उनले २ चौकासहित ११ रन खर्चिए । *सिंगापुर ६ ओभरमा १ विकेट गुमाउँदै ४५ रनमा खेलिरहेको छ।
- सातौ ओभरमा सोमपाल आएका आफ्नो तेस्रो ओभर लिएर आएका छन्। यसअघि दुई ओभरमा ४ रन मात्र दिएका उनले यो ओभरमा २ चौकासहित १२ रन खर्चिए। *सिंगापुर ७ ओभरमा १ विकेट गुमाउँदै ५७ रनमा खेलिरहेको छ।
- आठौं ओभरमा बसन्त आएका छन् आफ्नो दोस्रो ओभर लिएर। बसन्त यो ओभरमा महङ्गा भए। उनले १ छक्का, २ चौकासहित १८ रन खर्चिए। *सिंगापुर ८ ओभरमा १ विकेट गुमाउँदै ७५ रनमा खेलिरहेको छ।
- नवौ ओभरमा अभिनास बोहोरा आएका छन्। उनले एक छक्का र एक चौकासहित १४ रन खर्चिए। *सिंगापुर ९ ओभरमा १ विकेट गुमाउँदै ८९ रनमा खेलिरहेको छ।
- दसौ ओभरमा सन्दीप लामिछाने आएका छन्। अघिल्लो ओभरमा महंगो भएका उनले यो ओभरमा एक छक्कासहित ७ रन खर्चिए। *सिंगापुर १० ओभरमा १ विकेट गुमाउँदै ९६ रनमा खेलिरहेको छ।
- एघारौ ओभरमा पुन अभिनास बोहोरा आएका छन्। उनले आफ्नो पहिलो ओभरमा १४ रन खर्चिएका थिए भने यो ओभरमा विकेट लिएका छन्। नेपाललाई दोस्रो सफलता। १०.४ ओभरमा अभिनासले ४९ रन बनाएर खेलिरहेका रोहनलाई शरद भेसवाकरको हातबाट क्याच आउट गराए। बोहोराले यो ओभरमा अभिनासले ५ रन दिएर एक विकेट लिए। * सिंगापुरले ११ ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएको छ।
- बाह्रौ औभर लिएर शरद भेसवाकर आएका छन्। उनले यो ओभरमा १ चौकासहित ८ रन खर्चिए। *सिंगापुर १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १०९ रनमा खेल्दै।
- तेह्रौ ओभरमा सन्दीप लामिछाने आएका छन्। महंगो साबित भइरहेका उनले यो ओभरमा एक चौका र १ छक्कासहित १३ रन खर्चिए। *सिंगापुर १३ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १२२ रनमा खेलिरहेको छ।
- चौधौ औभरमा पुनः शरद, उनले एक छक्कासहित यो ओभरमा १० रन खर्चिए। *सिंगापुर१४ ओभरको समाप्तिपछि २ विकेट गुमाएर १३२ रनमा खेल्दै। उसका लागि टिएच डेभिड ६५ रनमा खेल्दै।
- १५ औं ओभर लिएर बसन्त आएका छन्। यसअघि महंगो साबित भएका उनले यो ओभरमा मात्र ६ रन दिए। * सिंगापुर १५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १३८ रनमा खेलिरहेको छ।
- १६ औं ओभरा पुनः शरद आएका छन्। उनले यो ओभरमा ७ रन खर्चिए। * सिंगापुर १६ ओभरमा २ विकेट गुमाउँदै १४५ रनमा खेल्दै।
- १७ औं औभरमा बसन्त रेग्मी आएका छन्। यो ओभरमा पनि बसन्त महंगो भए। उनले १ चौका २ छक्कासहित १९ रन खर्चिए। बसन्तले आफ्नो चार ओभरमा ५४ रन खर्चिए। * सिंगापुर १७ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १६४ रनमा खेलिरहेको छ।
प्रकाशित मिति:
: 2019-07-28 07:23:34