सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको कुवेतले १७ ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा खेलिरहेको छ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३-३ विकेट लिँदा करन केसी र अभिनास बोहोराले समान १-१ विकेट लिए।
सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए। यो उनको टी ट्वान्टी अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन हो।
बसन्त रेग्मीले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए।
कुवेतले पहिलो पावरप्लेमै ३ विकेट गुमाउँदै ४६ रन बनाएको थियो।