काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।
निर्माता छबि राज ओझकी जेठी श्रीमती हेमा ओझाले दुबैलाई बिपक्षी बनाएर बहुबिवाहको जाहेरी हाले पछि प्रहरीले उनीहरूका नाममा पक्राउ पूर्जी जारि गरेको काठमाडौं परिसरका प्रवक्ता होमेन्द्र बोगटीले जानकारी दिए।
हेमाले महानगरिय प्रहरी वृत्त गौशालामा जाहेरी बुझाएकी थिइन्। उनको जाहेरीमा भनिएको छ-शिल्पा पोखरेलसँग सम्बन्धको बिषयमा पटक पटक हल्ला चल्दा छबिले दिलाएको विश्वासमा थिए। तर, अहिले २०७५ साल पुस ११ मा बिवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छबिको बहुबिवाह भएको प्रमाणीत भएका र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ।’