सिंगापुरमा जारी आईसीसी विश्वकप ट्वान्टी २० छनोट एसिया फाइनलअन्तर्गत मलेसियामाथि नेपालले सहज जित निकालेको छ।
मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ६ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो।
नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टोली सम्हालेका ज्ञानेन्द्र मल्लले प्रदीप ऐरीसँग ६६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए।
२० बलमा अर्धसतक बनाएका मल्ल २१औं बलमा आउट हुनुअघि ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए। यो नेपाली ब्याट्समेनको सर्वाधिक छिटो अर्धसतकसमेत हो।
यसअघि विनोद भण्डारीले मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।
योसँगै मल्ल टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् । यस्तै सबैभन्दा बढी साझेदारीसमेत हो।
ऐरीले १४ बलमा १२ रन बनाउँदा बिनोद भण्डारीले ८ बलमा १३ रन बनाए।
यस्तै दीपन्द्रसिंह ऐरीले २ तथा शरद भेसवारकले ३ रन बनाए।