नेपाल र मलेसिया बिचको खेल वर्षाले टस हुन सकेन , पारस खेल्न नसक्ने

तस्बिरः एजेन्सी

सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप छनोट (एसिया फाइनल) प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबिचको खेल वर्षाले रोकिएको छ।

नेपाली समयअनुसार बिहान ७:१५ बजे बाट खेल सुरू हुनुपर्ने भएपनि वर्षाका कारण खेल समयमा सुरू भएको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसारआज सिंगापुरमा निरन्तर वर्षा हुने सम्भावना रहेकाले खेल नहुने सम्भावना उच्च रहेको छ।

खेल कम्तिमा ५ ओभरको लागि हुनसिंगापुर समय करिब १२ बजेसम्म (नेपाली समय ९:४५) सुरू हुनुपर्ने बताईएको छ।

नेपाली टोलीले खेलअघि वार्मअप गरे पनि टस हुनुभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको हो।

कप्तान पारस नखेल्ने

कतारसँग खेलको क्रममा ढाडको नसा च्यापिएका कारण खेल्न नसकेका कप्तान पारस खड्का दोस्रो खेलमा पनि नखेल्ने भएका छन्।

कतारसँग ब्याटिङ गरे पनि फिल्डिङको क्रममा पारस मैदान बाहिरनै बसेर खेल हेरेका थिए। पारस नखेल्दा आज ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्नेछन्।

नेपालले आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटको हार बेहोरेको थियो। यो अवस्थामा नेपाल टी-२० विश्वकप छनोट ग्लोबल छनोट पुग्न नेपालले सबै ३ खेल जित्नुपर्ने थियो। तर, आज वर्षाले खेल रोकिएर अंक बाड्नु परे नेपालको सम्भावना कमजोर बन्नेछ।

यस्तो अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ। अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि हुने भएको छ।

आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडि बढ्नेछ ।

आज नेपालको खेल रोकिए नेपालले अंकतालिकामा माथि रहेका अन्य टिमको खेलमा पनि वर्षाको कामना गर्नुपर्नेछ भने आफ्नो बाँकी खेल जित्नुपर्नेछ।

आज खेल नभएर मलेसियाले बाँकी ३ मध्ये २ खेलमा मात्र पनि जित हात पारे मलेसिया विजेता हुनसक्छ।

प्रतियोगिता अन्तर्गत हिजो कुवेत र सिंगापुर बीचको खेल पनि वर्षाका कारण हुन नसक्दा दुवै टिमले १/१ अंक बाँडेका थिए।

नेपालले आगामी खेल जुलाई २७ मा कुवेतसँग र जुलाई २८ मा सिंगापुरसँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-07-24 07:28:19

प्रतिकृया दिनुहोस्