फेरि रिसायो नेपालको मौसम : विहानैदेखि मेघ गर्जनसहित वर्षा

फेरि रिसायो नेपालको मौसम । मौसम पूर्वानुमान महाशाखाका सूचनाका आधारमा ब्रेक एन लिंक्स ग्राफिक्स ।

नेपालको मौसम फेरि एकपटक रिसाएकोछ । विहानैदेखि काठमाडौं उपत्यकासहित मध्य तथा अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यो वर्षा बढ्दै गएर भारी वर्षा हुने र भोलिसम्म पनि जारी रहने सम्भावना रहेको बताएको छ । 

वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सहत हल्का बढ्न सक्ने संकेत गर्दै आगामी २४ घण्टासम्म सतर्क रहन पनि महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

महाशाखाले एक विज्ञप्ति जारी गर्दै ‘बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य र पश्चिमका स्थानहरूमा वर्षाको सम्भावना' रहेको उल्लेख गरेको छ ।  

न्यून चापीय रेखा नेपालतर्फ आउँदै गरेको बताउँदै यो नेपालमा आएपछि घनघोर वर्षा हुने एक मौसमविदले बताउका छन् । 

न्यून चापीय रेखा नेपालभित्रै आएपछि झन् अविरल र अति भारी वर्षा हुने मौसमविद्को अनुमान छ।

अघिल्लो साता भएको भारी वर्षाका कारण बाढी र पहिरोबाट कम्तिमा पनि ८५ जनाको ज्यान जानुका साथै सयौं घाइते र हजारौं घरबारविहिन भएका थिए। 

प्रकाशित मिति: : 2019-07-22 07:30:11

प्रतिकृया दिनुहोस्