१० खेलाडीमा सीमित सेभिल्लासँग हार्‍यो लिभरपुल

तस्बिरः एजेन्सी

डिसी । युरोपियन च्याम्पियनमा नयाँ सिजनको तयारीमा रहेको लिभरपुल लगातार दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

प्रि–सिजन भ्रमणमा हाल अमेरिकामा रहेको लिभरपुलले सोमबार बिहान स्पेनिस क्लब सेभिल्लासँग २-१ ले पराजित हुँदै मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोर्न बाध्य भयो।

बोस्टनको फेनवे पार्कमा भएको खेलमा १० खेलाडीमा सीमित सेभिल्लाले लिभरपुलमाथि रोमाञ्चक जित निकालेको हो।

सेभिल्लाका लागि नोलिटो र एलेहान्ड्रो पोजोले गोल गरेका थिए। लिभरपुलका डिभोक ओरिजीले एक गोल गरेका थिए।

खेलको ३७ औ मिनेटमा निलिटोको गोलबाट सेभिल्लाले सुरूवाती अग्रता बनाएको थियो। ४४ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफमा एक-एक गोलको बराबरी रहेको खेल दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो। खेलको ७६ औं मिनेटमा जोरिस नाग्नन रातो रार्ड खादै मैदान बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सिमिति बनेको थियो।

तर, अन्तिम ९० औं मिनेटमा एलेजाद्रो पोजोले गोल गर्दै लिभरपुललाई स्तब्ध बनाएका थिए।

 

प्रकाशित मिति: : 2019-07-22 06:35:16

प्रतिकृया दिनुहोस्