नेपालद्वारा मलेसियासमक्ष १७४ रनको लक्ष्य प्रस्तुत, हेर्नुहोस् नेपालको बलिङ (LIVE)

तस्बिरः एजेन्सी

काठमाडौं । नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियालाई दोस्रो खेलमा १७४ रनको लक्ष्य दिएको छ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

नेपालका लागि विनोद भण्डारीले अर्धसतकीय इनिङ्स खेल्दै सर्वाधिक ५१ रन बनाए। मात्र २५ बलमा अर्धसतक पुरा गरेका भण्डारीले ५ छक्का र ३ चौका प्रहार गर्दै नटउट रहे।

सँगै विनोद टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

शरद भेसवारले ४० रनको योगदान दिए। २८ बल खेलेका भेसवाकरले ४ चौका र २ छक्का हिर्काएका थिए।

कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाउँदै आउट हुने क्रममा २ छक्का र २ चौका प्रहार गरे।

रोहित कुमार पौडेलले १९ रन बनाउँदा करन केसीले १६ रन बनाए।

ओपनर पवन सरार्फले १० रन बनाउँदा ज्ञानेन्द्र मल्ल ७ रनमा पवेलियन फर्किए। सोमपाल कामी १ रनमा अभिजित रहे।

मलेसियाका लागि फित्री शामले ३ विकेट लिँदा शेयद अजाद र मुनेन्द्रीले १-१ विकेट लिए।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

प्रकाशित मिति: : 2019-07-14 09:12:38

प्रतिकृया दिनुहोस्