एमसीसीले पोखरामा दुई वटा खेल खेल्ने

फाइल तस्बिर

बेलायतको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पोखरामा दुई वटा खेल खेल्ने भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा आगामी कात्तिक २५ गते कास्की–११ र २६ गते मुख्यमन्त्री–११ टोलीसँग एमसीसीले टि–२० क्रिकेट खेल्न लागेको हो ।

खेल खेल्न एमसीसीको टोली आइतबार पोखरा आउने बताइएको छ । उक्त खेलका लागि खेलाडी अहिले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई रिजन प्रजुले प्रशिक्षण दिइरहेका छन् ।

उक्त खेल कास्की र समग्र गण्डकी प्रदेशको क्रिकेटको विकासका लागि महत्वपूर्ण हुने जिल्लामा हुनेछ ।

प्रकाशित मिति: : 2019-11-05 21:19:29

प्रतिकृया दिनुहोस्