क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न डोजरसहित १६ जना प्रहरी नियन्त्रणमा

तस्बिरः सीतारम कट्टेलको फेसबुकबाट

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन्।

निर्माणाधिन रंगशालामा सुरक्षाका लागि लगाइएको बार केही व्यक्तिले बुधबार बिहान भत्काएका थिए।

डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काए पछि प्रहरीले बार भत्काउन प्रयोग गरिएको डोजरसहित १६ जनालाई नियन्त्रणमा लिइएको हो।

स्थानीयले रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने, कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग राखेका थिए।

स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिको उक्साहटमा बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए।

चितवन प्रहरीका अनुसार सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको हो।

भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका थिए।

धु्र्मुस-सुन्तलीको क्रिकेट रंगशालामा कसले चलायो डोजर ?

प्रकाशित मिति: : 2019-05-30 08:07:36

प्रतिकृया दिनुहोस्