स्काण्डिनाभियन एअरलाइन्सका चालक हडतालमा, ५०० उडान अवरुद्ध

तस्बिरः एजेन्सी

स्काण्डिनाभियन एअरलाइन्स (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ ।

विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५०० उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जनाएको छ ।

आन्दोलनले मङ्गलबार उक्त विमान कम्पनीका करिब ५४६ उडान अवरूद्ध बनेका र यसबाट ४८ हजार यात्रु अलपत्र बनेका जनाइएको छ। आन्दोलनका कारण मङ्गलबारसम्म तीन हजार ३०६ वटा उडान अवरूद्ध भएका छन् भने यसबाट तीन लाख २६ हजार ९१७ यात्रुलाई असुविधा भएको छ, कम्पनीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विमान चालकहरूले उनीहरूको तलव तथा कार्यसूचीको निश्चितताका लागि दुईपक्षीय कार्यस्थल सहमतिका लागि भनी हडताल शुरू भएको तर यसबीचमा सम्बन्धित पक्षसँग भएका वार्ता सकारात्मक दिशामा नगएपछि आन्दोलनका कार्यक्रम निरन्तरताको घोषणा विमान कम्पनी अन्तर्गत कार्यरत चालकहरूको संगठनले बताएको छ।

प्रकाशित मिति: : 2019-05-01 08:18:55

प्रतिकृया दिनुहोस्