आफ्नै श्रीमानले मट्टितेल छर्केर आगो लगाएपछि एक महिलाको मृत्यु

तस्बिरः बिएल

आफ्नै श्रीमानले मट्टितेल छर्केर आगो लगाएकी लगाएकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने धनुषाको शहिदनगर नगरपालिका- १ ठूलो चिरैया बस्ने २१ वर्षीया निर्मला देवी यादवको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार घरायसी विवादमा वैशाख ५ गते उनकै पति मुकेशकुमार गोइतले मट्टितेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएको थिइन्।

उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको खनालले जानकारी दिए।

यसअघि गत शुक्रबार मात्र सिरहामा मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-04-30 16:07:45

प्रतिकृया दिनुहोस्