शत्-प्रतिशत् मानिस नै मृत्युदेखि डराउने गर्छन्।यदि कसैले मृत्युदेखि डर लाग्दैन भन्छ भने थाहा पाउँनुहोस्, कि त उसले झुट बोलिरहेको हुन्छ या त ऊ गोर्खाली हो।यो गोर्खालीहरुको परिचय हो।र, यही परिचयका साथ विश्व समुदायले नेपाललाई चिन्ने गर्छ।सगरमाथाको देश र बुद्धको जन्मभूमि जस्तै गोर्खा शव्दले पनि नेपाललाई चिनाउँदै आएको छ।
माथिको चर्चित उद्धरणमा तयार गरिएको टीम नेपालको प्रस्तुति उत्कृष्ट भएको छ।इन्टरनेशनल स्टुडेन्ट काउन्सिलले हिजो शनिबार टेक्सास टेक विश्वविद्यालयमा आयोजना गरेको वर्ल्ड सोकेस नामक अन्तर्राष्टिय प्रतिस्पर्धामा सहभागी ७ देशका प्रस्तुतिलाई पछि पार्दै टीम नेपालको प्रस्तुतिले पिपुल्स च्वाइस अवार्ड हात पारेको हो।निर्णायकले दिने पुरस्कार भने श्रीलंकाले हात पार्यो।
टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थीको गोर्खाली गौरव गाथामा आधारित भएर आफ्नो प्रस्तुति देखाएका थिए।२२ नेपाली विद्यार्थी सहभागी भएको प्रस्तुतिमा सात छात्रा नेपालका विभिन्न सात जातिको भेषमा मञ्चमा देखा परे।अनि, उनीहरुका साथमा थिए- दौरासुरुवालमा सजिएका १५ छात्र।
करिब ८ मिनेटको प्रस्तुतिको शुरुमा दशै-तिहारजस्ता चाड मनाइरहेका दृश्य देखिए।त्यसपछि गोर्खा सिपाहीको बिरताको प्रसंग खुल्न थाल्यो।चाडपर्वमा परिवार भेट्न नपाउँदाको निरशता लगत्तै साथीमाझ रमाइलो गरेको दृश्यले सान्त्वना दिएको देख्न सकिन्थ्यो।
प्रस्तुतिको खास विन्दुमा पुगेपछि एउटा गोर्खा सिपाहीको देशप्रतिको त्याग र विरताका साथै देशले उनीहरुप्रति देखाएको सम्मानले गोर्खा हुनुको गौरवसँगै एकता र देशप्रेमको भाव दर्शायो। त्यही भावकासाथ गोर्खाको पहिचानलाई देशको पहिचानसँग जोड्दै नेपाली विद्यार्थीको समुह टीम नेपालले आफ्नो प्रस्तुतिबाट अवार्ड हात पार्दै नेपाललाई अन्तर्राष्टिय समुदायमाझ चिनाउने सफलता प्राप्त गरेको हो।
अन्तर्राष्टिय समुदायमाझ नेपाललाई चिनाउन पाउँदा गौरवको महसुस भएको टेस्सास टेक विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थी संगठनका प्रमुख कुशल अधिकारीले बताए। प्रस्तुतिमा आफैं पनि सहभागी अधिकारीले अगाडि थपे- 'आफुहरुको यस सफलताको पछाडि स्थानिय नेपाली समुदायको पनि सहयोग र साथ रहेको छ।'
नेपाललगायत अमेरिका, श्रीलंका, रसिया, भारत, फिलिपिन्स र स्पेनिस विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । आ-आफ्नो देशको पहिचानको आधारमा सवैले प्रस्तुति दिएका थिए।हरेक बर्ष आयोजना हुने यो प्रतियोगिताको २०१७ को संस्करणमा नेपाल तेस्रो भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया