सोमबार, १५ डिसेम्बर २०२५

विप्लवका मध्यकमान्डर ओलीसहित ६ जना जेल चलान

News Image
तस्बिरः बिएल
• • •

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं मध्य कमान्डर हेमन्तप्रकाश ओलीसहित ६ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत ललितपुरले पोलिटब्यूरो सदस्य ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई, बिरबहादुर कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउन मंगलबार आदेश दिएको थियो।

अदालतको आदेश

गत फागुन १० गते साँझ भएको विस्फोटमा परी लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने थप दुईजना घाइते भएका थिए।

सरकारले नेकपालाई देशमा ध्वंसात्मक गतिविधि गरेको भन्दै यसअघि नै प्रतिबन्ध लगाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!