जनकपुरमा अस्पतालको शौचालयभित्र भेटियो नर्सको शव

नकपुरधामको जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पताल। तस्बिर : नेहा झा/सेतोपाटी

जनकपुरमा एक निजी अस्पतालको शौचालयमा त्यहीँ कार्यरत नर्सको शव फेला परेको छ।

केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २५ वर्षीया आलेले शनिबार  राति १ बजे शौचालयको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ।

शौचालय सानो भएको, खुट्टा तल भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।

प्रकाशित मिति: : 2019-04-21 10:55:21

प्रतिकृया दिनुहोस्