सोमबार, १५ डिसेम्बर २०२५

पूर्वाधार निर्माण अन्तिम चरणमा, खेल बिहानै–बेलुका हुने

News Image
तस्बिरः बाह्रखरी
• • •

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारीमा छ, नेपालगन्ज । चर्को गर्मीका बाबजुद कामदारहरु पूर्वाधार निर्माणमा जुटिरहेका छन् । हतारो यति छ कि भोलि (बुधबार) बाट खेलहरु सुरु गर्नुपर्ने छ र आजसम्म पनि निर्माण कार्य जारी छ । 

प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा हुने तय भएको छ । हरेक दुई वर्षमा गर्नुपर्ने प्रतियोगिता यो पटक पनि समयावधिभित्रै गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) जुटेको छ । केही समयदेखि राखेप सदस्यसचिव केशवकुमार विष्ट नेपालगञ्जमै छन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!