कमल थापा पक्राउ, प्रहरीले लछारपछार गर्दै भ्यानमा कोच्यो

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

राजावादी आन्दोलनका क्रममा जुलुस लिएर बालुवाटारतर्फ अघि बढेका थापालाई प्रहरीले नकस्सालको नारायणचौरबाट पक्राउ गरेको हो।

थापालाई प्रहरीले लछारपछार गर्दै घिसार्दै भ्यानमा कोचेको थियो। पक्राउपछि थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

प्रकाशित मिति: : 2025-06-01 15:11:00

प्रतिकृया दिनुहोस्