प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न नदिएकाे हाे।
भिडियो-
000
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्।
उनीहरूले गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रम ‘बहिस्कार’ गरेका छन्।
प्रधानमन्त्रीको इच्छाअनुसार नै आयोगले मंगलबार बिहान साढे ११ बजे मानवअधिकार आयोगको २५औँ वार्षिकोत्साव कार्यक्रम तय गरेको थियो।
तर, प्रधानमन्त्री ओली मंगलबार कार्यक्रममा गएनन्। र, सरकारका प्रतिनिधि पनि पठाएनन्।
000
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रह भएको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त प्रकरणमा जोडिएका गृह मन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका हुन्।
उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेको उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएकाे उनकाे भनाइ थियाे।
000
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने राजावादी आन्दोलन निर्णायक हुने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठकमा बाेल्दै उनले राजावादी आन्दोलन निर्णायक हुने दाबी गरेका हुन्।
आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको उनकाे तर्क थियाे।
000
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवासमा हालै आफ्नो विषयमा कुराकानी केन्द्रित रहेको सुन्दा अचम्म लागेको टिप्पणी गरेका छन्।
शेखरले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा सभापति देउवा निवासमा भएको उक्त छलफलप्रति लक्ष्य गर्दै यस्तो टिप्पणी गरेका हुन्।
देशको सर्वोच्च पदमा बसेका मान्छेले गैर(राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले त्यसबारे आधिकारिक रुपमा कहिँकतै नबोल्दा आफूलार्य अनौठो लागेको उनको भनाइ थियाे।
000
काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्।
रिटमाथि बुधबार पेसी तोकिएको छ।