ओलीलाई आयोगको चेतावनी, गृहमन्त्री भन्छन्ः बदमासी गर्ने कर्मचारी हटाइदिएँ (भिडियो समाचार)

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको हाे। 

आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।

भिडियो-

000

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका छन्। 

सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका हुन्। 

आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको उनको भनाइ थियो। 

000

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन्।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन्।

अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताउँदै भिजिट भिसा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको उनकाे भनाइ थियाे। 

000

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ।

सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो।

सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टी समायोजन सम्बन्धि निर्णयहरु समेत भएको छ।

000

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्।

बूढानीलकण्ठमा सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले उत्तेजक अभिव्यक्ति दिन नहुने बताएका हुन्।  

प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।

000

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतको आदेश अपूर्ण र अन्यायपूर्ण भएको बताएको छ।

पार्टी केन्द्रीय समिति बैठकपछि  कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै अदालतको आदेश कानुनी पालना गर्न बाध्य भए पनि अन्यायपूर्ण भएको बताएका हुन्।

रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको रास्वपाको निष्कर्ष छ ।

 000

काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। 

सोमबार उपमेयरसहित कार्यपालिकाका सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर  शाहलाई पत्र बुझाएका हुन्। 

जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ। 

000

भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2025-05-26 20:10:00

प्रतिकृया दिनुहोस्