माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने भएको छ। 

सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।   

घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । 
 

प्रकाशित मिति: : 2025-05-26 10:00:00

प्रतिकृया दिनुहोस्