स्याङ्जामा सवारी चालकको ‘लापसे’ चेकिङ, तीनजना नियन्त्रणमा

प्रहरीले स्याङ्जामा सवारी चालकहरूको लागूपदार्थ सेवन (लापसे) चेकजाँच गरेको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा लागूपदार्थ चेकजाँच गरिएको हो।

लापसे चेकजाँच अभियानमा ३० जना चालकहरूको लागुपदार्थ चेकजाँच गरिएको थियो। तीमध्ये ३ जना चालकहरूले लापसे गरी सवारी चलाएको पाइएको छ।

लापसे गरेका चालहरूलाई नियन्त्रणमा लिएर कानूनी प्रकिया अगाडि बढाइएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित मिति: : 2025-05-22 12:34:00

प्रतिकृया दिनुहोस्