सोमबार, १५ डिसेम्बर २०२५

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Break n Links
• • •

सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ।

मिश्र पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।

योसँगै मिश्र आजै रिहा हुने भएका छन्।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक बनेपछि मिश्रलगायत राजावादी नेताहरूविरुद्ध हत्या, आगजनी, तोडफोडसहित मुद्दामा पक्राउ परेका थिए। मिश्रमाथि राज्यविरुद्धको कसुरसमेत लगाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!