कोलकाताको एउटा होटलमा आगलागी भएको छ। आगलीमा परेर अहिलेसम्म १४ जना व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
अहिलेसम्म आगलागीको कारणबारे यकीन जानकारी नभए पनि बिजुली सर्ट हुँदा आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
आगो निभाउनका लागि सहरभरिका दमकल प्रयोग गरिएको छ। उद्धारकर्मीहरूले अहिलेसम्म दर्जनौं व्यक्तिलाई जिवित निकालेको प्रहरीले जनाएको छ।
कोलकाताको व्यस्त बडाबजारस्थित ऋतुराज होटलमा राति साढे आठ बजेतिर आगलागी भएको थियो।