आज पनि वर्षाको सम्भावना

फाइल तस्बिर
फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

जसका, कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिक र बाँकी भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।

महाशाखाका अनुसार, आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकीलगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। 

यस्तो खालको मौसम राति पनि जारी रहने महाशाखाले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: : 2025-04-29 10:45:00

प्रतिकृया दिनुहोस्