शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा बाेलाएका छन्।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन्।
उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका थिए।