‘उपसचिव हूँ’ भन्दै ठगी गर्ने महिला पक्राउ

नेपाल सरकारको ‘उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-२५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपाने छिन्।

उनले विभिन्न व्यक्तिहरूलाई फरक-फरक परिचय दिई आफू ‘कानून मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईंलाई विमानस्थलको विभिन्न ठेक्का मिलाई दिन्छु’ भन्दै राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी सात लाख ६० हजार आ‍ठ सय रुपैयाँ लिएको आरोप छ।

त्यस्तै अन्य दुईजना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिइसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।

प्रकाशित मिति: : 2025-04-21 19:18:00

प्रतिकृया दिनुहोस्