रहेनन् पोप फ्रान्सिस

क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ।

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएको हो। भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरेका थिए।

विगत केही महिनादेखि कडा स्वास्थ्य समस्याबाट पीडित थिए। निमोनिया र रक्तअल्पताबाट पीडित उनमा पछिल्लो समय फोक्सोको संक्रमण पनि देखिएको थियो।

क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पछिल्लो पटक पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षणसमेत देखिएको बताएको थियो।

उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप हुन्।

प्रकाशित मिति: : 2025-04-21 14:50:00

प्रतिकृया दिनुहोस्