प्रहरीलाई चुनाैती दिएका ‘राजावादी’ पक्राउ

Break n Links
Break n Links

चैत १५ गते तीनकुनेमा भएकाे ‘राजावादी’काे आन्दाेलनलाई हिंसात्मक बनाउने एकजना युवा पक्राउ परेका छन्। 

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले सन्ताेषकुमार सिलवाललाई पक्राउ गरेकाे हाे। आफ्नाे नामपछिकाे थर हटाएर ‘सन्ताेष’ राजावादी भनेर आफूलाई चिनाउँदै आएका उनले छातीमा पूर्वराजाहरूकाे ट्याटु हानेर चर्चामा आएका थिए। 

तीनकुनेकाे भीडलाई उत्तेजित पार्नेमध्यका एक उनी पनि हुन्। प्रहरीले उनलाई खाेजिरहेकाे बताएकाे थियाे। 

तर शुक्रबारमात्रै उनले रिपाेर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफू कतै नभागेकाे र दुर्गा प्रसाईंसहित आफूलाई पनि प्रहरीले मार्ने याेजना बनाएकाे बताएका थिए।  

साथै उनले आफूलाई समातेर देखाउन पनि प्रहरीलाई चुनौती दिएका थिए। 

लगत्तै सिआईबीकाे टाेलीले उनलाई काेटेश्वरबाट पक्राउ गरेकाे हाे। 

प्रकाशित मिति: : 2025-04-19 11:21:00

प्रतिकृया दिनुहोस्