सुनको मूल्य हालसम्मकाे उच्च, ताेलामा १ लाख ९० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैपटक ३६०० रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे। 

याेसँगै सुनकाे मूल्य ताेलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।  

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो। 

प्रकाशित मिति: : 2025-04-17 10:57:00

प्रतिकृया दिनुहोस्