मधेसका पूर्व प्रदेश प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। पीडितपक्षबाट आउको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु भएको नेपाल प्रहरीले जनाएको छ। 

प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा महिला सेलले उनीमाथि अनुसन्धान सुरु गरेको हो। फौजदारी कसुरमा जाहेरी आएपछि त्यसकै आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २०७७ साल फागुन ७ मा मधेस प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। आफ्नो कार्यकक्षमा पृथ्वी नारायण शाहको ठूलो तस्वीर टाँगेपछि उनको आलोचना पनि भएको थियो। 

तर लगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छ महिनामै उनी पदमुक्त भएका थिए। 
 

प्रकाशित मिति: : 2025-04-16 15:38:00

प्रतिकृया दिनुहोस्