त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
गत वर्षको फागुन १० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका बरालले गत चैत चैत ११ गते राजीनामा दिएका थिए।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका बरालको ट्युनिङ प्रधानमन्त्री ओलीसँग मिल्न नसकेको बताइन्छ।
बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाए पनि उपकुलपति एवं प्रधानमन्त्री ओलीको दवाब थेग्न नसकेर राजीनामा दिन बाध्य भएको समाचारहरू बाहिरिएका थिए।