सांसद बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक समापन

प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। बोहराको चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

संसदले शोक प्रस्ताव पारित गर्दै भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभा सदस्य, आठ पटक नेपाल सरकारको मन्त्री रहनु भएका नेपाली राजनीतिको एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा निधन भएकोमा प्रतिनिधि सभाको यो बैठकमा उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली प्रकट गर्दछ।’

शोक प्रस्ताव पारि भएसँगै संसद बैठक पनि समापन भएको छ। आजै राति १२ बजेबाट संघीय संसद अधिवेशन पनि अन्त्य हुँदैछ।

प्रकाशित मिति: : 2025-04-01 13:37:00

प्रतिकृया दिनुहोस्