कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

Break n Links
Break n Links

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले छुट्टाछुट्टै दायर गरेको रिटमा आज पेशी तोकिएको हो।

गत आइतबार पनि दुवै रिट एकैपटक हेर्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नमिल्नेमा परेपछि पेसी सरेको हो।

यो पनि-

गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: : 2025-04-01 11:55:00

प्रतिकृया दिनुहोस्