रहेनन् राप्रपा सांसद दीपक बोहरा

Break n Links
Break n Links

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराका निधन भएको छ।

काठमाडौंको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा बोहराको ७४ वर्षको उमेरमा निधन भएको हो।

यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, डाक्टर प्रकाशचन्द्र लोहनी , बुद्धिमान तामाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरू ओम अस्पताल पुगेका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।

यो पनि-

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी बोहरा पूर्वमन्त्री समेत हुन्। उनी लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए। पछिल्लो समय उनी पेटको समस्याबाट समेत पीडित थिए।

गत निर्वाचनमा उनले घाँटीमा समस्या आएका कारण एकपटक पनि चुनावी सभालाई सम्बोधन नगरी जित हात पारेका थिए। उनले तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए।

प्रकाशित मिति: : 2025-04-01 11:31:00

प्रतिकृया दिनुहोस्