प्रधानमन्त्रीको प्रस्ताव : सरकार फेरिएसँगै नियुक्ति पाएकाहरू स्वत: पदमुक्त हुने व्यवस्था गरौँ

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका व्यक्तिका पद सरकार फेरिएसँगै स्वत: पदमुक्त गर्ने व्यवस्थाको प्रस्ताव गरेका छन्। 

राष्ट्रियसभाको बैठकमा आज सम्बोधन गर्दै उनले कुलमानलाई बर्खास्त गरेको विषयमा यस्तो प्रस्ताव गरेका हुन्।

यो पनि-

‘बरु यस्तो गरौं लोकसेवाबाट आएकाहरू बाहेक सरकारले नियुक्त गरेका व्यक्तिका पदहरू सरकार फेरिएसँगै स्वत: पदमुक्त हुने व्यवस्था गरौं। यसका बारेमा छलफल गरौं’ उनले भने ‘ब्यक्ति ब्यक्तिको नियुक्ती वा बर्खास्तका विषयमा संसदले हात हाल्ने होइन। त्यो सरकारको कुरा हो। व्यक्ति व्यक्तिको नियक्ति, बर्खास्तमा संसद लाग्यो भने उसका कामहरू छुट्छन्।’

उनले यस्ता विषयमा विभाजित नहुन पनि अपिल गरे। 
 

प्रकाशित मिति: : 2025-03-31 12:39:00

प्रतिकृया दिनुहोस्