पक्राउ परेका मिश्र र धवलसहित ११२ जना राजावादीलाई अदालत लगिंदै

अझै भेटिएनन् दुर्गा प्रसाईं

Break n Links
Break n Links

प्रदर्शनका क्रममा तीनकुनेमा हत्या र हिंसा मच्चाउँदा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरूलाई आज अदालतमा उपस्थित गराइदैं छ। म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गर्नका लागि प्रहरीले अदालत लैजान लागेको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल समशेर राणालगायत हत्या, हिंसा र तोडफोड तथा आगजनी एंव लुटपाट गर्ने ११२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

त्यो आन्दोलनका लागि ‘कमाण्डर’ तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। 

तीनकुनेमा राजसंस्थाको पक्षमा जम्मा भएका प्रदर्शनकारीहरूलाई उक्साएर प्रसाईं भने भागेका थिए। उग्र प्रदर्शनकारीले तीनकुनेका निजी घरहरूमा तोडफोड र आगजनी गरेका थिए। वरिपरि रहेका सञ्चारमाध्यमका कार्यालय, पार्टी कार्यालय तथा सरकारको स्वामित्वमा रहेका जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा समेत उनीहरूले आगजनी गरेका थिए। 

त्यही क्रममा भिडिओ खिचिरहेका एकजना पत्रकारलाई पनि उनीहरूले आगो लगाइएको घरमा थुनेर हत्या गरेका थिए। एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकले भिडिओ खिचिरहेका बेला प्रदर्शनकारीहरूले आगो लगाएर भागेका थिए। 

त्यो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजन प्रदर्शनकारीको पनि मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। 

आन्दोलनका अर्का मुख्य नेता नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो आन्दोलनको स्वामित्व नलिए पनि उसले आफ्ना कार्यकर्ताहरूलाई सहभागी हुन आह्वान गरेको थियो। 

बरिष्ठ उपाध्यक्ष तथा महामन्त्री राणा पनि नवराज सुवेदीकै नेतृत्वमा छन्। उनीहरूले प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएका थिए। 

राप्रपाले भने आफ्ना नेताहरूको बचाउ गर्दै उनीहरूलाई रिहा गर्नका लागि सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। 

प्रकाशित मिति: : 2025-03-30 10:07:00

प्रतिकृया दिनुहोस्