आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

Break n Links
Break n Links

आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा।

आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ।  

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चरÞ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो भन्ने कथ्य छ। 

यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो। यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ। 

यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ। यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ। 

जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने जनविश्वास छ। 

आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडचढी कला, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ। 

आजको दिन ललितपुरमा एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ।

प्रकाशित मिति: : 2025-03-29 09:17:00

प्रतिकृया दिनुहोस्