राप्रपाका महामन्त्री डा. धवलसमशेर राणा र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार भएको प्रदर्शन हिंसात्मक भएपछि उनीहरूलाई जिम्मेवार बनाउँदै प्रहरीले पक्राउ गरेको छ।
उनीहरूसँगै नेपाल प्रहरीले दुर्गा प्रसाईंका मुख्य सहयोगीहरूलाई पनि नियन्त्रणमा लिएको छ। शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनमा प्रसाईंले समर्थकहरूलाई उक्साउँदै आन्दोलनलाई हिंसात्मक बनाएका थिए।
गृहमन्त्रालयले शुक्रबार भएका सबै हिंसात्मक गतिबिधिको जिम्मेवार प्रसाईंलाई बनाइएको छ र उनलाई गिरफ्तार गर्न आदेश पनि दिइसकेको छ।
शुक्रबार राजावादीहरूले तीनकुने क्षेत्रमा आगजनी गरेका थिए। उनीहरूले कतिपय व्यक्तिगत व्यापारिक भवनहरू, सञ्चारमाध्यमका कार्यालयहरू तथा राजनीतिक दलका कार्यालयलगायत भाटभटेनीमा समेत आगजनी गरेका थिए।
यी सबै हिंसात्मक क्रियाकलापको जिम्मेवार सरकारले दुर्गा प्रसाईंलाई ठहर्याएको छ। १५ गतेको प्रदर्शनका लागि प्रसाईंलाई राजावादीले आफ्ने ‘कमाण्डर’ बनाएका थिए।
यो प्रदर्शनमा एकजना पत्रकारसहित दुईजनाका मारिएका छने भने दुई दर्जनभन्दा धेरै घाइते भएका छन्।
राजावादीहरू हिंस्रक हुँदा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको छ। प्रहरीले दुर्गा प्रसाईंका मुख्य सहयोगी रामकुमार धिमाल सहिल सहीत ३ जनालाई नियन्त्रणमा लिएको छ। दुर्गा प्रसाईंलाई खोजिरहेको प्रहरीले जनाएको छ।