बिएल संवाददाता
तीनकुनेबाट भड्किएका प्रदर्शनकारी राजावादीहरूले कोटेश्वरचोकस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको मुख्य कार्यालयमा आगजनी गरिदिएका छन्।
नेपाली बजारमा निकै लोकप्रिय ‘सन्चो’ लगायत विभिन्न आयुर्वेद औषधिजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरूले कार्यालय परिसरमा रहेका सवारीसाधानमा समेत आगजनी गरेका छन्।
यसअघि उनीहरूले तीनकुनेमा निजी व्यक्तिका घर तथा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए।
कम्पनीका याेजना प्रमुख गाेविन्दप्रसाद शर्माका अनुसार त्याे बेला सबै कर्मचारीहरू घर गइसकेका थिए। आगाे निभाउनका लागि दमकल बोलाइएकाे जानकारी पनि उनले दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया