भूकम्पले ढलेको घरभित्र थिए सयभन्दा धेरै कामदार

Break n Links
Break n Links

थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पले एउटा ठूलो बिडल्डिङ ध्वस्त भएको छ। निर्माणाधीन त्यो भवनभित्र सयौं कामदारहरू रहेको समाचार माध्यमहरूले जनाएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा ५० जना कामदार थुनिएका छन्। उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्। 

ब्याङ्ककको चटुचक्ष पार्क नजिकै बन्दै गरेको उक्त भवन भूकम्पका कारण ढलेर ध्वस्त भइसकेको छ। 
थाईल्याण्ड र म्यानमार शक्तिशाली भुकम्प गएको छ। म्यानमारलाई केन्द्रबिन्दु बनाएर दुबै देशको जमिन बेस्सरी हल्लाउनेगरी गएको भूकम्प ७.९ म्याग्निच्यूडको भएको बताइएको छ। 

थाइल्याण्डको धेरै स्थानमा भुकम्पको ठूलो धक्का महसुस गरिएको थियो। त्यहाँ कैयौं घरहरू ध्वस्त भएका छन्। 

म्यानमारमा ठूलो भौतिक क्षति भएका भिडिओ र तस्विरहरू सामाजिक सञ्जालमा भाइरल छन्। क्षतिको विवरण एकीन भइसकेको छैन। दुबै ठाउँमा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ। 

प्रकाशित मिति: : 2025-03-28 14:08:00

प्रतिकृया दिनुहोस्